हरिवंशले ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो प्रहरीलाई दिए | Khabarhub Khabarhub

हरिवंशले ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो प्रहरीलाई दिए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ।

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्।

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रम भइरहेका छन्। गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ।

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयले आआफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ३४ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ