आईपीएल : केलकत्तालाई पराजित गर्दै बैंगलोर विजयी « Khabarhub

आईपीएल : केलकत्तालाई पराजित गर्दै बैंगलोर विजयी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ।

बुधबार राति भएको खेलमा कोलकत्तालाई बैंगलोरले ३ विकेट हराएको हो।

कोलकत्ताले दिएको १२९ रनको चुनौती बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो। बैंगलोरको जितमा शेर्फान रुथरफोर्डले सर्वाधिक २८ बनाए। शाहबाज अहमेद २७, डेभिड विलि १८ र विराट कोहलीले १२ बनाउँदा दिनेश कार्तिक १४ र हर्सल पटेल १० रनमा अविजित रहे।

कोलकत्ताका टिम साउथीले ३ र उमेश यादवले २ विकेट लिए। पहिले ब्याटिङ गरेको कोलकत्ता १८ ओभर ५ बलमा अलआउट भएको थियो।

कोलकत्ताका आन्द्रे रसेल २५, उमेश यादवले १८, साम विलिङ्स १४, कप्तान श्रेयस एयर १३, सुनिल नारिने १२ रन बनाए। बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए भने आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट हात पारे।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो। कोलकत्ताले पहिलो खेलमा चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ५७ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको