डराउने सल्लाहकारले पुटिनलाई गुमराहमा पारेको अमेरिकी दाबी « Khabarhub

डराउने सल्लाहकारले पुटिनलाई गुमराहमा पारेको अमेरिकी दाबी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन आक्रमणका विषयमा सल्लाहकारहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गुमराहमा पारेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसका अनुसार पुटिनसँग डराउने सल्लाहकारहरूले उनलाई युक्रेनमा रुसी फौजले भोगिरहेको परिस्थितिबारे खुलेर जानकारी गराएका छैनन् ।

‘रुसी सेनाबाट पुटिन गुमराहमा परेको महसुस गरिरहेका छन् ।’ ह्वाइट हाउसकी प्रवक्ता केटी बेडिङफिल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसका कारण ‘पुटिन र उनको सैनिक नेतृत्वबीच निरन्तर तनाव’ समेत उत्पन्न हुँदै आएको छ ।

‘पुटिनको युद्ध ठूलो रणनीतिक गल्ती हो जसले रुसलाई लामो कमजोर बनाएको छ र रुस विश्वमा एक्लो परेको छ ।’ बेडिङफिल्डले भनिन् । यतिमात्रै नभई पश्चिमा मुलुकको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमा परेको प्रभावबारे पनि पुटिनलाई सही जानकारी दिइएको छैन ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले ह्वाइट हाउसको यो मूल्यांकन निकै असहज भएको टिप्पणी गरेको छ । पेन्टागनका प्रवक्ता जोन किरबीले युद्धबारे पूर्ण रुपमा जानकार नभएका कारण पुटिनले द्वन्द्व अन्त्य गर्न विश्वसनीय कदम चाल्ने प्रयास नगर्ने बताएका छन् ।

‘अनि अर्को कुरा, उनीजस्ता नेताले खराब समाचार पाए भने कस्तो प्रतिक्रिया दिन्छन भन्ने पनि तपाईलाई थाहा हुन्न ।’ किरबीले भने । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी आएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु