यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता  « Khabarhub

यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोटद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो ।

यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

‘डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमोटबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ऊर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासी हुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : १७ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६