शाहिदको जोडी डायना « Khabarhub

शाहिदको जोडी डायना


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा पछिल्लो समय अभिनेता शाहिद कपूरको क्रेज फर्काउने फिल्म हो ’कबिर सिंह’ । शहिदको ढल्दो करियरलाई फिल्मले लयमा ल्यायो । त्यसपछि शाहिदले रोजेको अर्को फिल्म हो ’जर्सी’ । यो फिल्म यहिँ अप्रिलमा रिलिज हुँदैछ । यिनै शाहिदले अलि अब्बास जफरको निर्देशनमा बन्ने फिल्ममा समेत काम गर्दैछन् । पछिल्लो समय सोसल ड्रामाका फिल्म गरिरहेका शाहिदले अलिसँग एक्सन फिल्मका लागि तयारी थालेका छन् ।

सोही फिल्ममा एक्ट्रेस समेत फाइनल भएकी छिन् । सो अन टाइटल फिल्ममा शाहिदको जोडी बन्नेछिन् डायना पेन्टी । भारतीय मिडियाले शाहिदसँग फिल्ममा काम गर्न डायनाले सम्झौता गरिसकेको उल्लेख गरेका छन् । यो जोडीले पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । शाहिद अभिनित जर्सीको सफलतासँग पनि उनको आउँदो फिल्महरु जोडिएका छन् । साउथ इन्डियन फिल्म ’जर्सी’ कै रिमेक रहेकाले पनि फिल्मलाई लिएर शाहिद विश्वस्त छन् ।

कबिर सिंहको सफलता पश्चात उनले रिमेकमा काम नगर्ने योजना बनाएका थिए । यद्दपि फिल्म ’जर्सी’ हेरेपछि उनलाई कथा वस्तुले तान्यो । उनले फिल्मले गहिरो असर पारेकाले पनि रिमेक गर्न बाध्य भएको बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : १५ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित