स्थानीय चुनावमा ‘ठेकेदार’ उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध निर्माण व्यवसायी अदालत जाने « Khabarhub

स्थानीय चुनावमा ‘ठेकेदार’ उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध निर्माण व्यवसायी अदालत जाने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण  व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

उनले आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै त्यसका लागि कानुनी उपचार खोज्ने बताए । उनले भने–‘आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्धमा छ ।

यसबारे हामीले कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ । महासंघको तर्फबाट अदालत जाने कि ब्यक्तिको तर्फबाट जाने भन्ने बारेमा छलफल भइरहेको छ । यसबारेमा हामी छिट्टै विज्ञप्ति पनि जारी गर्दैछौँ ।’

बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो । एक अध्ययन अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत गरेर ठेक्कापट्टामा सहभागी १६९ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : १९ बजे

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले