नेदरल्याण्ड्समा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु  « Khabarhub

नेदरल्याण्ड्समा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेदरल्याण्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनल्ड्स रेस्टुरेन्टमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीकाण्डको घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ । 

डच टेलिभिजन च्यानल आरटीएल ओष्टले जनाएअनुसार रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतङ्कित बनेका थिए ।

गोली प्रहार गरेपछि बन्दुकधारी घटनास्थलबाट फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रहरीले बन्दुकधारीको उद्देश्यबारे केही खुलाएको छैन । साथै टर्किस मूलका भनिएका मृतकको पहिचान पनि सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ४५ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार