अन्तरिक्षबाट अमेरिकी र रुसी अन्तरिक्षयात्री सँगै पृथ्वी फर्के | Khabarhub Khabarhub

अन्तरिक्षबाट अमेरिकी र रुसी अन्तरिक्षयात्री सँगै पृथ्वी फर्के


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ सङ्केतस्वरूप दुवै देशका अन्तरिक्षयात्रीहरू सँगै पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा उनीहरु कजाकस्तानमा उत्रिएका हुन् ।

नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा एकै साथ उत्रिएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनमा जारी रुसी आक्रमणलाई लिएर रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला उनीहरूको सहयात्रा भएको हो ।

अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर  कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए ।

नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भनेका छन्, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ ।’

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  २ : ३० बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे