टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’ « Khabarhub

टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुले ए हाबेर टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् ।

यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता भएको थियो । अन्तरवार्ताका क्रममा विदेशमन्त्री चाभुसोग्लुले इस्तानबुल शान्ति वार्तामा भएका सहमतिको कार्यान्वयन टर्कीले नदेखेको समेत बताए । यद्यपि वार्ताबाट केही उपलब्धि भने हासिल भएको उनको भनाइ छ ।

इस्तानबुलमा भएको शान्ति वार्ताका क्रममा रुस र युक्रेनका वार्ताटोली बीच रुसले युक्रेनमा आक्रमणको स्तरमा कमी ल्याउने तथा युक्रेनले सुरक्षा ग्यारेन्टी भएको खण्डमा तटस्थताको नीति अपनाउने सहमति भएको थियो । यद्यपि युक्रेनले भने रुसले उक्त सहमति कार्यान्वयन नगरेको र आक्रमणलाई जारी राखेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ३ : ४० बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्