राजनीति

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय

By खबरहब

March 31, 2022

काठमाडौँ- सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले तीन डिआइजीलाई बढुवाको निर्णय गरेको हो ।

गृह मन्त्रालयले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको समितिले बढुवा सिफारिस सदर गरेको थियो ।