निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै « Khabarhub

निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् ।

उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म निर्माण गर्दैछ । शुभकामना’-उनले भने । अर्जुनले पनि फिल्ममा कथाको काम भइरहेको बताए ।

‘हामी फिल्मबारे केही समय पश्चात जानकारी दिन्छौँ’ अर्जुनले भने । यद्दपि उनकै ‘द डिभाइन म्युजिक’ मा रहेका एक सदस्य निर्देशक विधान कार्कीले आफूहरुले ‘नबोली नबोली’ लाई कथानकको रुपमा दिन लागेको बताए ।

उद्घोषक भट्टराईले अर्जुनलाई निर्देशक गर्दै गर्दा शुभकामना दिन बोलाएका विधानले बोल्ने क्रममा आफूहरुले गीतकै टाइटलमा फिल्म बनाउन लागेको बताए । ‘हाम्रो सहकार्य अझै अगाडी बढ्छ ।

हामीले ‘नबोली नबोली’ लाई कथानकको रुप दिँदै छौं ‘ विधानले भने । फिल्मको गीत तयार भई सकेता पनि यसमा अभिनय गर्ने कलाकार र प्राविधिक टिमको छनौट भइरहेको बुझिएको छ । फिल्म निर्माणमा अर्जुनले अन्य केहिसँग सहकार्य गर्दैछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ४१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा