२३ अंकले घट्यो नेप्से « Khabarhub

२३ अंकले घट्यो नेप्से


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल कम्पनी र नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था छन् । 

इमर्जिङ नेपालको सेयर एक सय ११ रुपैयाँले बढेर एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय १९ रुपैयाँ ९० पैसा बढेर एक हजार तीन सय १९ रुपैयाँ पुगेको छ । नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९५ रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ ७० पैसा पुगेको छ ।

सर्किट लागेका कम्पनीले बजारमा ओपनिङदेखि नै दैनिक बढेर सर्किट मूल्यमा कारोबार हुँदै आएको छ। नेप्सेमा बिहीबार २८ कम्पनीका सेयरधनीले  नाफा कमाउँदा एक सय ६४ कम्पनीले कम्पनीका सेयरधनीले गुमाएका छन्।

बजारमा सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको सेयर कारोबार भएको छ । इमर्जिङ नेपालको नाै करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी नाै करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स सेक्टर एक सय ७६ अंकले घटेको छ भने विकास बैंककाे परिसूचक १०३ अंकले घटेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ५० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज