२३ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

२३ अंकले घट्यो नेप्से


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल कम्पनी र नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था छन् । 

इमर्जिङ नेपालको सेयर एक सय ११ रुपैयाँले बढेर एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय १९ रुपैयाँ ९० पैसा बढेर एक हजार तीन सय १९ रुपैयाँ पुगेको छ । नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९५ रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ ७० पैसा पुगेको छ ।

सर्किट लागेका कम्पनीले बजारमा ओपनिङदेखि नै दैनिक बढेर सर्किट मूल्यमा कारोबार हुँदै आएको छ। नेप्सेमा बिहीबार २८ कम्पनीका सेयरधनीले  नाफा कमाउँदा एक सय ६४ कम्पनीले कम्पनीका सेयरधनीले गुमाएका छन्।

बजारमा सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको सेयर कारोबार भएको छ । इमर्जिङ नेपालको नाै करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी नाै करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स सेक्टर एक सय ७६ अंकले घटेको छ भने विकास बैंककाे परिसूचक १०३ अंकले घटेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ५० बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई