स्थानीय चुनाव: मत गणना स्थलहरूमा सीसीटीभी जडान हुने « Khabarhub

स्थानीय चुनाव: मत गणना स्थलहरूमा सीसीटीभी जडान हुने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावको मत गणना स्थलहरूमा सीसीटीभी जडान गर्ने भएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मत गणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हुन् । उनले सीसीटीभीको निगरानी आयोगले गर्ने पनि जनाए ।

सबै निर्वाचन केन्द्रमा भने सीसीटीभी जडान गर्न भने नसकिएको पनि उनले बताए ।

त्यस्तै, उनले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको जानकारी दिए ।

स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाएर महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताए ।

त्यसैगरी, आयोगका कल सेन्टरमा तीन सयभन्दा बढी जिज्ञासा आएकोसमेत प्रवक्ता पौडेलले जानकारी दिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ६ : ०० बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।