अर्जुनले गरे निर्देशनमा डेब्यु | Khabarhub Khabarhub

अर्जुनले गरे निर्देशनमा डेब्यु


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगीतकार अर्जुन पोखरेलले निर्देशनमा डेब्यु गरेका छन् । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो ‘नथिया’ मार्फत निर्देशनमा डेब्यु गर्नुको कारण गीत मनको नजिक रहेको बताए । ‘यो नथियाको पोस्टर सार्वजनिक गर्दा देखि नै किन निर्देशन भन्ने प्रश्न उठिरहेको छ । केहिले निर्देशकहरुसँग सम्बन्ध त बिग्रिएन भनेर पनि सोधिरहनु भएको छ । तर, मैंले यो गीतलाई शब्द रचना देखि नै फिल्म गरेकोले हो निर्देशन गरेको’ अर्जुनले भने । उनले आफुले बेलाबखतमा मात्र निर्देशन गर्ने समेत बताए ।

‘मैंले गीत लेखेको छु, गाएको छु, एरेन्ज गरेको छु । यसको अर्थ म सबै गर्छु भन्ने होइन । तर, कहिले कहिँ म आफ्नो क्म्फर्ट जोनमा हुन्छु र काम गर्छु’ अर्जुनले भने । गीतलाई आफ्नै लागि बनाएको जस्तो लागेको गायिका दुर्गा खरेलले बताइन् । ‘यो गीत मलाई सुहाउने गीत हो । यो बन्दा नै मेरै लागि बने जस्तो लागेको थियो । भिडियो पनि गीत झैँ राम्रो बनेको छ’ दुर्गाले भनिन् । गीतमा दुर्गासँगै प्रदीप भेडवालको गायन रहेको छ ।

गीतमा रोशन केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । गीतमा नवराज उप्रेतीको छायांकन, राजेन्द्र मोक्तानको कलर करेक्सन, सुरेन्द्र बसेलको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ६ : २३ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच