अर्जुनले गरे निर्देशनमा डेब्यु « Khabarhub

अर्जुनले गरे निर्देशनमा डेब्यु


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगीतकार अर्जुन पोखरेलले निर्देशनमा डेब्यु गरेका छन् । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो ‘नथिया’ मार्फत निर्देशनमा डेब्यु गर्नुको कारण गीत मनको नजिक रहेको बताए । ‘यो नथियाको पोस्टर सार्वजनिक गर्दा देखि नै किन निर्देशन भन्ने प्रश्न उठिरहेको छ । केहिले निर्देशकहरुसँग सम्बन्ध त बिग्रिएन भनेर पनि सोधिरहनु भएको छ । तर, मैंले यो गीतलाई शब्द रचना देखि नै फिल्म गरेकोले हो निर्देशन गरेको’ अर्जुनले भने । उनले आफुले बेलाबखतमा मात्र निर्देशन गर्ने समेत बताए ।

‘मैंले गीत लेखेको छु, गाएको छु, एरेन्ज गरेको छु । यसको अर्थ म सबै गर्छु भन्ने होइन । तर, कहिले कहिँ म आफ्नो क्म्फर्ट जोनमा हुन्छु र काम गर्छु’ अर्जुनले भने । गीतलाई आफ्नै लागि बनाएको जस्तो लागेको गायिका दुर्गा खरेलले बताइन् । ‘यो गीत मलाई सुहाउने गीत हो । यो बन्दा नै मेरै लागि बने जस्तो लागेको थियो । भिडियो पनि गीत झैँ राम्रो बनेको छ’ दुर्गाले भनिन् । गीतमा दुर्गासँगै प्रदीप भेडवालको गायन रहेको छ ।

गीतमा रोशन केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । गीतमा नवराज उप्रेतीको छायांकन, राजेन्द्र मोक्तानको कलर करेक्सन, सुरेन्द्र बसेलको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ६ : २३ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा