यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका « Khabarhub

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ ।

बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार प्रधानमन्त्री देउवा शुक्रवार दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गर्ने छन् । भारतीय समयअनुसार दिउँसो साढे २ बजे उनी नयाँ दिल्लीमा अवतरण गर्ने छन् ।

प्रधानमन्त्री देउवासँग पहिलो भेट भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग हुनेछ ।

होटल आईटीसी मौर्यमा उनलाई भेट्न डा. जयशंकर दिउँसो साढे ४ बजे आइपुग्ने छन् ।

शनिवार बिहान १०ः४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

देउवा ११ः१० बजे हैदरावाद हाउस पुग्ने छन् ।

प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता दिउँसो १२ः१५ बजे हैदरावाद हाउसमा हुनेछ ।

भेटवार्तापछि जयनगर–कुर्था रेलको शुभारम्भ गरिनेछ ।

द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ ।

शनिवार दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग देउवाको भेटवार्ता हुनेछ ।

आइतवार बिहान ९ बजे बनारसमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा दिउँसो ४ बजे दिल्ली फर्किने र सवा ४ बजे स्वदेश फर्किने तालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : १० बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण