यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका « Khabarhub

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ ।

बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार प्रधानमन्त्री देउवा शुक्रवार दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गर्ने छन् । भारतीय समयअनुसार दिउँसो साढे २ बजे उनी नयाँ दिल्लीमा अवतरण गर्ने छन् ।

प्रधानमन्त्री देउवासँग पहिलो भेट भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग हुनेछ ।

होटल आईटीसी मौर्यमा उनलाई भेट्न डा. जयशंकर दिउँसो साढे ४ बजे आइपुग्ने छन् ।

शनिवार बिहान १०ः४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

देउवा ११ः१० बजे हैदरावाद हाउस पुग्ने छन् ।

प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता दिउँसो १२ः१५ बजे हैदरावाद हाउसमा हुनेछ ।

भेटवार्तापछि जयनगर–कुर्था रेलको शुभारम्भ गरिनेछ ।

द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ ।

शनिवार दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग देउवाको भेटवार्ता हुनेछ ।

आइतवार बिहान ९ बजे बनारसमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा दिउँसो ४ बजे दिल्ली फर्किने र सवा ४ बजे स्वदेश फर्किने तालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : १० बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि