मणिमुकुन्द कलेजलाई अखिल कपको उपाधि « Khabarhub

मणिमुकुन्द कलेजलाई अखिल कपको उपाधि


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ ।

अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा बिहीबार  सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाइनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३–० को सेटमा पराजित गर्दै मणिमुकुन्द कलेजले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले नगद ३३ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५–१९, २५–२३, २६–२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो । प्रतियोगितामा यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ।

एक समारोहकाबीच नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बश्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, बुहमुखीका डा खिमानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष भगवती पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । आफ्नो खेल जिवनको स्मरण गर्दै बुटवल खेलको उर्वरभूमि भएको बताए । खेलस्तरलाई बढाउन थप प्रतियोगितामा भाग लिनुका साथै नियमित प्रशिक्षण बढाउन आग्रह गरे । प्रतियोगितामा जिल्ला २२ वटा कलेजहरुले भाग लिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : ३१ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार