भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न « Khabarhub

भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौँ भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न भएको छ ।

बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरूमा भएका प्रगतिका समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र एलओसीअन्तर्गतका रकमको थप प्रभावकारी उपयोगबारे छलफल गरिएको थियो ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधननले गरेका थिए ।
बैठकमा भारतीय दूतावास र एक्जिम बैंकका अधिकारीहरूको पनि सहभागिता थियो ।

त्यसैगरी नेपाली टोलीको नेतृत्व अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरीप्रसाद अर्यालले गरेका थिए ।
नेपाली टोलीमा भारतको एलओसीअन्तर्गतका परियोजनाको कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरूको सहभागिता थियो ।

एलओसी समीक्षा बैठकको अघिल्लो दिन चैत्र १४ गते मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाअन्तर्गत निर्माण भएका सबस्टेसनहरूको कास्कीको लह चोकमा उद्घाटन भएको थियो ।


त्यस्तै, चैत्र १६ गते एक्जिम बैंकले कार्यशालाको आयोजना गरेको थियो । कार्यशालामा सह–सचिव मधुसूधननको सम्बोधनका साथै एलओसी परियोजनाका ठेकेदार र परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरूबीच छलफल भएको थियो ।

भारतको एलओसी नीति एवम् निर्देशिका र भारतीय विकास तथा आर्थिक सहयोग योजनाबारे नेपाली सरोकारवालालाई परिचित गराउने उद्देश्यका साथ कार्यशालाको आयोजना गरिएको हो ।

२५० मिलियन अमेरिकी डलर, ५५० मिलियन अमेरिकी डलर, ७५० मिलियन अमेरिकी डलर सहित कुल १.६५ विलियन अमेरिकी डलर गरेर नेपालमा चार वटा एलओसी समाविष्ट छन् ।


यी ऋण सहयोगहरू नेपाल सरकारले प्राथमिकतामा राखेका पूर्वाधार विकास परियोजना र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको कार्यान्वयनमा खर्च भएका छन् ।
४० भन्दा बढी सडक परियोजना, जलविद्युत्, प्रसारण लाइन र सिँचाइका अन्य ९ परियोजना तथा आवास र पुनर्निर्माण परियोजनाका लागि मात्रै यी एलओसीले वित्तीय सहयोग प्रदान गरेका छन् ।

केही प्रतिष्ठित र ठूला परियोजनाहरूसहित धेरै परियोजनाहरू यस अगावै सम्पन्न भइसकेका छन् । कोशी करिडोर (२२० केभी), मोदी–लेखनाथ (१३२ केभी), सोलु करिडोर (१३२ केभी) र ढल्केबर–भिठामोड (४०० केभी) जस्ता ठूला परियोजना जस्ता भारत सरकारको ऋण सहयोगमा निर्माण भएका विद्युत प्रसारण पूर्वाधारले विशेष महत्व पाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : ५७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको