राष्ट्रिय भूमि अयोगअन्तर्गत जिल्ला आयोगहरूका अध्यक्षबाट सपथ « Khabarhub

राष्ट्रिय भूमि अयोगअन्तर्गत जिल्ला आयोगहरूका अध्यक्षबाट सपथ


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय भूमि आयोगका थप ४३ जिल्लामा गठन गरिएको आयोगका अध्यक्षहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार काठमाडौँमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

यस अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई निर्देशन दिइन् ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा

भूमिसम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले अबका कही दिनभित्रै सुकुम्बासीलाई लाालपूर्जा वितरणको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले तोकिएको समयमा काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई मूमिहीनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत संकलन गर्ने, जग्गा नाँपजाच, निवेदन दर्ता र निस्सा वितरणको काम सुरु गरिसकेको बताए ।

२८ जिल्लामा राष्ट्रिय भूमि आयोगअन्तर्गतका जिल्ला आयोगहरू यसअघि नै गठन भइसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ५४ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने