त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी | Khabarhub Khabarhub

त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।

बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।

नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छिन् ।

गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ । एमालेले ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन् ।

कांग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नम्बर वडामा र एमालेले २, ६, ७ र १० मा वडाध्यक्ष जितेका मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । माओवादीले १४, १५ र १६ नम्बरमा प्यानलै जितेको छ ।

कांग्रेसबाट जित्‍ने वडाध्यक्षहरूमा १ मा मनोजकुमार चौधरी, ३ तिलक कटुवाल, ४ मा बद्री बस्‍नेत, ५ मा उद्धवकुमार थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोइराला, १२ मा चुडाराज काफ्ले र १३ मा नवीनकुमार चौधरी रहेका छन् ।

त्यस्तै, एमालेका २ मा घमानसिंह खत्री, ६ मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे तथा माओवादीबाट १४ मा हिमराज मगर, १५ मा गणेशप्रसाद तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका हुन्।

कांग्रेस र एमालेले जितेका वडाहरूमा छिटफुट मिश्रित परिणाम आएको छ भने माओवादीले जितेको तीनवटै वडामा प्यानलै आएको छ । प्रायः सबै वडामा एमाले, कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो ।

अघिल्लो निर्वाचनमा एमालेले कब्जा जमाए पनि बराबर रहेको सदरमुकाम त्रियुगामा यस पटकको निर्वाचन परिणामले पार्टीलाई झण्डै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याएको देखाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ८ : ४५ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय