आईजीपी नियुक्ति मुद्दामा लगाउ आदेश  « Khabarhub

आईजीपी नियुक्ति मुद्दामा लगाउ आदेश 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा यसअघिका मुद्दासँगै एकैसाथ राखी हेर्न लगाउ आदेश दिएको छ।

 पोखरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको मुद्दालाई यसअघि अवकाश पाइसकेका नायब महानिरीक्षकहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालको मुद्दासँगै राखेर हेर्ने लगाउ आदेश दिएको हो।

अदालतको नयाँ आदेशसँगै मुद्दा लम्बिने देखिएको छ। पोखरेल आगामी साउनबाट अवकाश पाउँदैछन्।

No description available.

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १२ : ४५ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी