बजेटले अर्थतन्त्रको संरचनालाई रूपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन « Khabarhub

बजेटले अर्थतन्त्रको संरचनालाई रूपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयमै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गरे ।

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारित व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए ।

नेता पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने भनाइ राखेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ४६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल