सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग « Khabarhub

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी हुन् । ‘यो घटनामा न्यायालय पनि जोडिएको भएकाले संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई, न्याय संरचनासँग जोडिएकालाई छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।

 उनले भनिन्, ‘देशको सरकार, कानुन, प्रशासन कसरी चलिरहेको छ र यसलाई चलाउने ठाउँमा विराजमान भएका व्यक्तिहरूले गरिब, दलित, बालबालिकाविरुद्ध कसरी राज्यको संयन्त्र दुरुपयोग गरेर एउटा अपराधीलाई छुटाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो,’ उनले भनिन् ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ०१ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी