त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका सार्वजनिक « Khabarhub

त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका सार्वजनिक


१७ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ । त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ ।

लिग दुईकै सिरिजअन्र्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो । उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ ।

लिग दुईको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ । त्यसैगरी अंक तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ । त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स ९युएई०, चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ । पपुवा न्यूगिनी सातौ स्थानमा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : १६ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न