सनिस र केशु बने ‘मिस्टर र मिस सुपरनेशनल नेपाल २०२२’ « Khabarhub

सनिस र केशु बने ‘मिस्टर र मिस सुपरनेशनल नेपाल २०२२’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सनिस श्रेष्ठ र केशु खड्काले  ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । गत आइतबार आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशि र बिभिन्न गिफ्ट हात पारेका हुन् ।आयोजित प्रतियोगितामा मानस कुमार राई र अदिति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिष कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।

सनुर्वी इन्टरनेशनल प्रा।लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगिता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्यान्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा  नेपालको प्रतिनिधत्व गर्नेछन् । प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुपरनेशनल नेपाल, सोनना अमात्य  ,किशोर महर्जन रहेका थिए ।

१०० बढी आवेदकको अडिसनबाट प्रतिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउन्डमा आफूलाई निखार्ने काम गरेका थिए । प्रतियोगिताको कोरियाग्राफी प्रशान्त ताम्राकारले गरेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पदमा सहभागीले नेपालमा स्तरीय प्रतियोगिता आयोजना भएकोमा खुसी व्यक्त गरे । उनीहरूले आफूलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी ब्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रशंसा गरे । आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरूको भनाई रहेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : २० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा