सनिस र केशु बने ‘मिस्टर र मिस सुपरनेशनल नेपाल २०२२’ « Khabarhub

सनिस र केशु बने ‘मिस्टर र मिस सुपरनेशनल नेपाल २०२२’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सनिस श्रेष्ठ र केशु खड्काले  ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । गत आइतबार आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशि र बिभिन्न गिफ्ट हात पारेका हुन् ।आयोजित प्रतियोगितामा मानस कुमार राई र अदिति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिष कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।

सनुर्वी इन्टरनेशनल प्रा।लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगिता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्यान्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा  नेपालको प्रतिनिधत्व गर्नेछन् । प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुपरनेशनल नेपाल, सोनना अमात्य  ,किशोर महर्जन रहेका थिए ।

१०० बढी आवेदकको अडिसनबाट प्रतिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउन्डमा आफूलाई निखार्ने काम गरेका थिए । प्रतियोगिताको कोरियाग्राफी प्रशान्त ताम्राकारले गरेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पदमा सहभागीले नेपालमा स्तरीय प्रतियोगिता आयोजना भएकोमा खुसी व्यक्त गरे । उनीहरूले आफूलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी ब्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रशंसा गरे । आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरूको भनाई रहेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : २० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६