अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ ।

त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।

युरोपेली युनियनले वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो ।

यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो । यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो ।

हंगेरीको चासोलाई सम्बोधन गर्दै युरोपेली युनियनले वर्षको अन्त्यसम्म ९० प्रतिशत रुसी तेलको आयातमा कटौती गर्ने निर्णय गरेको जनाइएको छ ।

यद्यपि केही विशेषज्ञहरुले तेलको मूल्य निरन्तर बढिरहने सम्भावना नरहेको बताएका छन् । बजारको आपूर्ति पक्षमा खिचाव उत्पन्न भएका कारण मूल्य यसै पनि अकासिएको उनीहरुको तर्क छ ।

यसअघि युरोपेली युनियनका प्रायः सबै मुलुकहरु रुसी तेलमाथि प्रतिबन्धको पक्षमा रहेकाले यसअघि नै बजारमा मूल्य स्वभाविक रुपमा नै बढि रहेको एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ पार्टनर स्टेफन इन्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : १६ बजे

नगरकोट–सुडाल सडक दुर्घटना : तीन जनाको उपचारकै क्रममा मृत्यु

भक्तपुर– नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौं–  देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल