५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग श्रीलङ्काको अनुरोध « Khabarhub

५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग श्रीलङ्काको अनुरोध


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको जनाइएको छ ।

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए ।

यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काकाली उच्चायुक्तले वार्ता गरेका हुन् ।

श्रीलङकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापु राष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।

विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ । आधारभूत आवश्यकता पूरा हुन नसक्दा अधिकतर श्रीलङकालीको जीवन अकल्पनीयरुपमा कष्टकर बनेको छ ।

भारतले अत्यावश्यक सामग्री आयातका लागि अर्को एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको तथा त्यसमध्ये २० करोड डलर इन्धन आयातमा खर्च हुनेछ ।

यो टापु राष्ट्रले डिजेल र पेट्रोलको लागि हालसम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । उक्त रकम पनि भारतबाट ऋणस्वरुप प्राप्त भएको थियो ।

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो देशमा जारी आर्थिक सङ्कटको बीचमा भारतले गरेको सहयोगको प्रशंसा गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने इच्छा व्यक्त गरेका गरेका छन् ।

‘यो कठिन समयमा भारतले गरेको सहयोगका लागि आभार व्यक्त गर्दछु। म हाम्रा राष्ट्रहरू बीचको सम्बन्धलाई अझ सुदृढ गर्न तत्पर छु’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ३३ बजे

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन

काठमाडौं– भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं– साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको