सी डिभिजन लिगमा अन्तिम चरणका खेल दशरथ रङ्गशालामा खेलाइने « Khabarhub

सी डिभिजन लिगमा अन्तिम चरणका खेल दशरथ रङ्गशालामा खेलाइने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- सहिद स्मारक सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२ औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाउने भएको छ । 

विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । 

लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार हुने खेलमा आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल दशरथ रङ्गशालामा दिउँसो साढे १२ बजे सुरु हुनेछ । 

यस्तै सोही समय ओसिस क्लब र प्लानिङबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ ।  अन्तिम खेलमा अपरान्ह साढे ३ बजे विजेता झापा र स्वयम्भू क्लबबीच भिडन्त हुनेछ । 

जारी लिगमा झापा ३१ अंकसहित शीर्षस्थानमा छ । प्लानिङ र आरसी ३२ समान २८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  

यसअघि नै पुछारमा रहँदै ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी रेलिगेशनमा परिसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : २५ बजे

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने