प्रहरी महानिरीक्षक सिंहको नियुक्तिविरुद्धको रिट ३० जेठमा सुनुवाई हुने | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक सिंहको नियुक्तिविरुद्धको रिट ३० जेठमा सुनुवाई हुने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध दायर रिटको सुनुवाई जेठ ३० गते हुने भएको छ ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो ।

उनलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट हालेका थिए । त्यस्तै आईजीमा उनको नियुक्तिविरूद्ध एआईजी विश्वराज पोखरेलले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध परेका दुबै रिटबारे जेठ ३० गते सँगै सुनुवाई गर्ने फैसला गरेको हो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ६ : ३१ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय