पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए « Khabarhub

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) ले जनाएको छ ।

मारिनेमा २० वर्षे सिपाई जहुर खान र २३ वर्षे सिपाई रहिम गुल रहेको पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।

यसअघि यही महिनाको मध्यतिर अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानमा आतंककारीले सैनिक लस्करमाथि सांघातिक हमला गर्दा ७ पाकिस्तानी सैनिक मारिएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : २१ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट