मेलम्चीको सुरूङमार्गको ढोका बन्द गरिएसँगै खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक « Khabarhub

मेलम्चीको सुरूङमार्गको ढोका बन्द गरिएसँगै खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ ।

मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो । मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक गरेको हो ।

९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । त्यस्तै अन्य शाखाले पनि पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दैछन् । मेलम्चीको पानी आउन रोकिएपछि महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न लागेको हो ।

शाखा प्रमुख उमेशबाबु मरहठ्ठाका अनुसार महाँकालचौर शाखा अन्तर्गत रहेका केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा अब नयाँ तालिका अनुसार पानी वितरण गरिनेछ ।

एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका रहेको छ । अन्य शाखाहरूले समेत पानीको नयाँ तालिकाका लागि छलफल थालेका छन् । गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ बैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएपछि टनेलको मुख्य ढोका बन्द गरिएको थियो । ढोका बन्द गरिएसँगै मेलम्ची खानेपानी काठमाडौं आउन बन्द भएको छ । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ८ : २१ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट