१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त « Khabarhub

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको हो ।

नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर),सुजन लिम्बु (ताप्लेजुङ), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्त बहादुर थापा (बर्दिया)  नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्र बहादुर रावल (जुम्ला) रहेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : ०१ बजे

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या

भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको