भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ? « Khabarhub

भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ?


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको आर्थिक वृद्धिदर लगातार तीन त्रैमासिकमा सुस्ताएको तथ्यांक सार्वजनिक भएको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भारतमा जनवरी देखि मार्च महिनासम्मको त्रैमासिकमा भारतको अर्थतन्त्र केबल ४ दशमलब १ प्रतिशतले बढेको छ ।

भारतबाट प्रकाशित हुने बिजनेस स्ट्याण्डर्डले जनाएअनुसार यससँगै तथ्यांक कार्यालयले यसअघि प्रक्षेपण गरेको आर्थिक वर्ष २०२२ को समग्र आर्थिक वृद्धिदरलाई ८ दशमलब ८ प्रतिशतबाट घटाएर ८ दशमलब ७ प्रतिशत पुर्‍याएको छ ।

तथ्यांकअनुसार सन् २०२०–२१ मा भारतको अर्थतन्त्रमा ६ दशमलब ६ प्रतिशतको संकुचन उत्पन्न भएको छ । त्यस्तै, बढ्दो मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी वर्ष पनि भारतको अर्थतन्त्रले गति लिन संघर्ष गर्नुपर्ने बिजनेस स्ट्याण्डर्डको समाचारमा उल्लेख छ ।

तथ्यांकअनुसार मार्चको त्रैमासिकमा भारतीय अर्थतन्त्रको कृषि क्षेत्रमा ४ दशमलब १ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, सार्वजनिक प्रशासन, रक्षा एवम् अन्य सेवाको खर्च ७ दशमलब ७ प्रतिशतले बढेको छ ।

भारतको उत्पादनमूलक क्षेत्र भने यो अवधिमा शून्य दशमलब २ प्रतिशतले संकुचित भएको समाचारमा उल्लेख छ ।

त्यसैगरी मार्चको त्रैमासिकमा खानी तथा उत्खनन क्षेत्रमा ६ दशमलब ७ प्रतिशतको वृद्धि भएको तथ्यांकमा उल्लेख छ । निर्माण क्षेत्रमा पनि २ प्रतिशतको वृद्धि भएको जनाइएको छ ।

‘आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकमा ४ दशमलब १ प्रतिशतले कूल ग्राहस्थ उत्पादन बढेको दृष्टान्तले ओमिक्रोन लहर, भारी निवेश खर्च र पछिल्लो वर्षयता केही क्षेत्रमा देखिएको उच्च आधारको प्रभाव देखाउँछ’ भारतको एचडीएफसी बैंककी प्रमुख अर्थशास्त्री साक्षी गुप्तालाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

‘बढ्दो मुद्रास्फितिको दबाबसँगै आर्थिक वर्ष २०२३ मा उपभोगमा सुधार पनि अनिश्चितताको भुमरीमा देखिन्छ ।’ उनले भनिन् ।

तथ्यांक कार्यालयको तथ्यांकअनुसार भारतको अर्थतन्त्र भारू १३५५ खर्ब ८ अर्बबाट बढेर भारू १४७३ खर्ब ६ अर्ब पुगेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १० : ४८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल