भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ? « Khabarhub

भारतमा आर्थिक वृद्धिबारे नयाँ तथ्यांक सार्वजनिक, अर्थतन्त्र सुस्ताएको हो ?


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको आर्थिक वृद्धिदर लगातार तीन त्रैमासिकमा सुस्ताएको तथ्यांक सार्वजनिक भएको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भारतमा जनवरी देखि मार्च महिनासम्मको त्रैमासिकमा भारतको अर्थतन्त्र केबल ४ दशमलब १ प्रतिशतले बढेको छ ।

भारतबाट प्रकाशित हुने बिजनेस स्ट्याण्डर्डले जनाएअनुसार यससँगै तथ्यांक कार्यालयले यसअघि प्रक्षेपण गरेको आर्थिक वर्ष २०२२ को समग्र आर्थिक वृद्धिदरलाई ८ दशमलब ८ प्रतिशतबाट घटाएर ८ दशमलब ७ प्रतिशत पुर्‍याएको छ ।

तथ्यांकअनुसार सन् २०२०–२१ मा भारतको अर्थतन्त्रमा ६ दशमलब ६ प्रतिशतको संकुचन उत्पन्न भएको छ । त्यस्तै, बढ्दो मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी वर्ष पनि भारतको अर्थतन्त्रले गति लिन संघर्ष गर्नुपर्ने बिजनेस स्ट्याण्डर्डको समाचारमा उल्लेख छ ।

तथ्यांकअनुसार मार्चको त्रैमासिकमा भारतीय अर्थतन्त्रको कृषि क्षेत्रमा ४ दशमलब १ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, सार्वजनिक प्रशासन, रक्षा एवम् अन्य सेवाको खर्च ७ दशमलब ७ प्रतिशतले बढेको छ ।

भारतको उत्पादनमूलक क्षेत्र भने यो अवधिमा शून्य दशमलब २ प्रतिशतले संकुचित भएको समाचारमा उल्लेख छ ।

त्यसैगरी मार्चको त्रैमासिकमा खानी तथा उत्खनन क्षेत्रमा ६ दशमलब ७ प्रतिशतको वृद्धि भएको तथ्यांकमा उल्लेख छ । निर्माण क्षेत्रमा पनि २ प्रतिशतको वृद्धि भएको जनाइएको छ ।

‘आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकमा ४ दशमलब १ प्रतिशतले कूल ग्राहस्थ उत्पादन बढेको दृष्टान्तले ओमिक्रोन लहर, भारी निवेश खर्च र पछिल्लो वर्षयता केही क्षेत्रमा देखिएको उच्च आधारको प्रभाव देखाउँछ’ भारतको एचडीएफसी बैंककी प्रमुख अर्थशास्त्री साक्षी गुप्तालाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

‘बढ्दो मुद्रास्फितिको दबाबसँगै आर्थिक वर्ष २०२३ मा उपभोगमा सुधार पनि अनिश्चितताको भुमरीमा देखिन्छ ।’ उनले भनिन् ।

तथ्यांक कार्यालयको तथ्यांकअनुसार भारतको अर्थतन्त्र भारू १३५५ खर्ब ८ अर्बबाट बढेर भारू १४७३ खर्ब ६ अर्ब पुगेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १० : ४८ बजे

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे  बस्दैछ ।  बैठक