अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार « Khabarhub

अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार


१७ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गरेका हुन् । लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् ।

आदिवासी समुदायको महिला तर्फबाट लिन्डा बर्नीले पहिलोपटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।

त्यस्तै, उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नेछन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री अल्बानीले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए ।

लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री अल्बानीले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुऱ्याउन आवश्यक पर्ने ७६ सिट जितिसकेकाले उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ५६ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय