खोटाङ भूकम्प अपडेट : केही घरमा क्षति, विवरण संकलन जारी « Khabarhub

खोटाङ भूकम्प अपडेट : केही घरमा क्षति, विवरण संकलन जारी


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।

हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिएका छन्। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।

भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् । आज बिहान ८ बजेर १४ मिनेटमा खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : २६ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली