जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको बालकुमारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गए राति १० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर जिपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ५० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी