आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’  « Khabarhub

आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।

सहिद मनोज जोशीको ३१औं स्मृति दिवसको अवसरमा आइतबार दिक्तेलको अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एवं श्रद्धाञ्जली सभा कार्यक्रममा पत्रकार आचार्यलाई १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले पत्रकार आचार्यको अनुपस्थितिमा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

२०३२ देखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गरेका आचार्य हाल खोटाङखबर साप्ताहिकका प्रधान सम्पादकका रूपमा कार्यरत छन् । सक्रिय पत्रकारितामा ४७ वर्ष बिताइसकेका पत्रकार आचार्यलाई २०७४ मा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो ।

१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीहरूको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरू बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा सहिद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । जोशीलाई सरकारले २२ माघ २०७४ मा सहिद घोषणा गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ०० बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली