बिरामीलाई निःशुल्क रगत « Khabarhub

बिरामीलाई निःशुल्क रगत


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ ।

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाध्यक्ष साह कानुले बताए । उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख बजेट छुटाएको छ। वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहिलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गरे।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ३९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी