झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु | Khabarhub Khabarhub

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी- झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए ।

एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : ४५ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा