हलेसी नगरपालिकाले प्राधिकरणसँग माग्यो भूकम्पको क्षति मूल्यांकन गर्न प्राविधिक टोली  « Khabarhub

हलेसी नगरपालिकाले प्राधिकरणसँग माग्यो भूकम्पको क्षति मूल्यांकन गर्न प्राविधिक टोली 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आजको भूकम्पले गरेको क्षतिको मूल्यांकन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको छ ।

नगरपालिकाले प्राधिकरणलाई पत्र लेख्दै क्षतिको मूल्याकंन गर्न तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको हो ।

‘२०७९ साउन १५ गतेका दिन बिहान ८ः१३ बजे खोटाङको हलेसी आसपास केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प आएको कुरा यहाँलाई अवगत नै छ,’ नगरपालिकाले लेखेको पत्रमा भनिएको छ, ‘उक्त भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल मूल्यांकन गर्न त्यहाँ प्राधिकरणबाट एक प्राविधिक टोली यस नगरपालिकामा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

नगरपालिकामा भूकम्पले गरेको क्षतिको एकीकृत विपद् जोखिम मूल्यांकन गर्ने दक्ष जनशक्तिको अभाव भएपछि प्राधिकरणलाई पत्र लेखी टोली पठाउन अनुरोध गरिएको हो । प्राधिकरणले भने टोली पठाउने वा नपठाउने भन्ने विषयमा कुनै जवाफ पठाइ नसकेको नगरपालिकाले जनाएको छ ।

आज बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईका अनुसार भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले भूकम्प प्रभावित खोटाङ, भोजपुरलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोनमा कुराकानी गरी भूकम्पले गरेको क्षतिका बारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : २५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार