बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा « Khabarhub

बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहोर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताए ।

उनले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिए । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उनको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न बिभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : १३ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ