चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ « Khabarhub

चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाँदीका कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिल कुमार साह रहेका छन् ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्ज तर्फ बीआर ०५ एएस २१६२ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्ति ११०६ ग्राम ४०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनलाई गरगहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ३० बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।