चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ | Khabarhub Khabarhub

चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाँदीका कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिल कुमार साह रहेका छन् ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्ज तर्फ बीआर ०५ एएस २१६२ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्ति ११०६ ग्राम ४०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनलाई गरगहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ३० बजे

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी