गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा « Khabarhub

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ ।

पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पालिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उनले बताए ।

‘प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ’, संयोजक दिसाले भने । गर्भवतीलाई दृष्टिगत गर्दै पालिकाले स्वास्थ्य सेवा थप गरेको र उनीहरुलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा मिति नै तोकेर सेवा प्रवाह गरी कर्मचारी व्यवस्थापन गरेर सेवाको थालनी गरिएको उनको भनाई छ ।

अहिले भने गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा पाउँदा गर्भवतीलाई ठूलो राहत पुगेको छ । तानसेन र रामपुर भिडियो एक्सरे गर्न जाँदा सडक समस्या, आउनजान समस्या, वर्षायामका समय अर्थात् सडक सहज नभएका बखत बास नै बसेर फर्कनु पर्ने अवस्था थियो ।

गत भदौ ११ गतेदेखि यहाँ सेवा सुरु भएको हो । स्थानीयस्तरमा नै भिडियो एक्सरे सेवा नपाउँदा घण्टौँ समय लगाएर रामपुर पुगेर सेवा लिनुपर्दा निकै सास्ती भोग्नु परेको निस्दी ४ का स्थानीय हिराकुमारी खाम्चाले बताए ।

‘कतिपयले अन्यत्र जाने झण्झटले परीक्षण नै गर्दैनन्, भनेको समयमा गाडी नपाइने, सामान्य पानी पर्दा गाउँको कच्ची सडकमा यातायात बन्द हुने समस्या, आउने जाने निकै कष्टसंग अन्यत्र गएर सेवा लिएका नागरिकलाई अब गाउँमै सेवा उपलब्ध भएपछि ठूलो राहत पुगेको छ’ उनले भने ।

अन्यत्र अस्पतालमा सेवा लिन जाँदा कहिलेकाहीँ मेसिन बिग्रिने, एक्सरे गर्ने स्वास्थ्यकर्मी नहुँदा कतिपयले सेवा नलिईकन फर्कन्थे भने कतिले बजारका निजी मेडिकलमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

गाउँमै गर्भवती अवस्थामा सरकारी स्वास्थ्य संस्थामा भिडियो एक्सरे गर्ने सुविधा नहुँदा जोखिम मोलेरै अन्यत्र जानुपर्ने समस्याले निकै पिरोलिरहेको हुन्थ्यो । अझै पनि अन्यत्र पालिकामा सामान्य स्वास्थ्य सेवाका लागि निर्भर रहनुपर्ने अवस्था स्थानीयलाई छ । एकातर्फ अन्यत्र सेवा लिन आवतजावत गर्नुपर्ने अर्कोतर्फ आर्थिक समस्याले सताउँदछ । हरेक पालिकामा भिडियो एक्सरे सेवा नियमित सुचारु गर्नु अति आवश्यक छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ४७ बजे

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित