‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’ « Khabarhub

‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’



मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण ज्यादा गरिन्छ। जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन, नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ वा कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गर्ने लगायतका विषयमा आधारित रहेर मेडिसिटी अस्पतालमा कार्यरत अर्थोपेडिकस सर्जन डा. राज राणासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो जोर्नी प्रत्यारोपणलाई कसरी बुझ्ने ?
हाम्रो शरीरमा दुईवटा हड्डीको बीचमा जोर्नी धेरै हुन्छन्। तर, त्योमध्ये मुख्य दुईवटा जोर्नी र हिपको जोर्नी हो। यो दुईवटा जोर्नीबाट नै शरीरको सम्पूर्ण वजन बाँडिने हो। त्यसैले यो जोर्नीहरू हाम्रो काम जीवनशैलीका कारणले समस्यामा परिरहेका हुन्छन्। महिलाहरूमा घुँडाको जोर्नीहरू खिएर समस्या हुन्छ। उमेर बढ्दै जाँदा यस्तो समस्या बढ्दै जान्छ। विश्वमा जोर्नी प्रत्यारोपण धेरै पहिलेदेखि नै भएको हो। तर, हाम्रो नेपालमा पाँचदेखि सात वर्षमा यो सुरुवात भएको हो र विस्तारै यो प्रभावकारी भएको छ।

शरीरको कुनै पनि हड्डी खिइएको भनेर हामीले कसरी थाहा पाउन सक्छौं ?
यो प्रत्यारोपण भनेको दुखाइबाट मुक्त हुनु र आफ्नो नियमित काम गर्न सक्नु हो। जोर्नीलाई खिइने बित्तिकै प्रत्यारोपण गर्नुपर्ने हुँदैन। बिरामीको अप्रेसनभन्दा अगाडि सबै ट्रायल गरेपछि भएन भने मात्र हामी जोर्नी प्रत्यारोपण गर्दछौँ।

जोर्नी प्रत्यारोपण गर्दा कुनै मापदण्ड होला नि ?
यसमा कृत्रिम जोर्नी हो। हामीले यो मेडिसिटीमा प्रयोग गर्ने भनेको संसारको उत्कृष्ट सेन्टरमा प्रयोग गर्ने विधि नै हो। विदेशमा यसको अभ्यास धेरै भएको देखिन्छ। सबै जाँच गरेर यसको स्थायित्व भनेको २० वर्ष हो। हामीले सकभर ६० र ६५ वर्ष उमेर समूहमा प्रत्यारोपण गर्नु राम्रो हुन्छ। आवश्यकता अनुसार कम उमेरमा पनि यो प्रत्यारोपण हुन्छ।

यो जोर्नी प्रत्यारोपण गरेपछि पहिलाको जस्तै सहज हुन्छ ?
जोर्नी प्रत्यारोपण गरेपछि मान्छेहरूको दुखाइ हराउँछ। यो त्यति सजिलो छैन। त्यसका लागि राम्रो सर्जनको टिम हुनुपर्छ। हामीले एक वर्षमा ७० भन्दा बढी प्रत्यारोपण गरिसक्यौँ। यो गर्ने ठाउँ एकदमै राम्रो प्रयोग हुने सामानमा इन्फेक्सन नहुने खालको हुनुपर्छ। हामी सबै कुरालाई ध्यानमा राखेर गर्छौँ। हाम्रो सफलता ९६ प्रतिशत छ।

प्रत्यारोपण गरेपछि कस्तो जोखिम हुन्छ ?
बिरामी र सर्जनलाई जोखिम भनेको अस्पतालको वातावरणमा भर पर्दछ। कसैको खुट्टामा रगत जम्मा हुनसक्ने सम्भावना, सास फेर्न गाह्रो हुने समस्या हुने हुन्छ। हाम्रो हस्पिटलको आईसीयूमा अप्रेसनपछि स्पेसल टिम छ। त्यो टिमले २४ देखि ४८ घण्टा केयर गर्दछ र त्यसपछि वार्डमा सार्छौँ । यसको जम्मा आउट कमको लागि पुनर्स्थापना जुन छ। वर्षौँसम्म हिँडेको नै हुँदैन। उनीहरूको कन्फिडेन्स लेबल कम हुन्छ।

प्रत्यारोपण गरेको कति समयपछि सामान्य अवस्थामा आउन सकिन्छ त ?
प्रत्यारोपण गरेको बेलुकादेखि नै उसको केही व्यायाम सुरु हुन्छ। दोस्रो दिनबाट वाकरको सहारा लिएर हिँड्न थाल्छन्। तीन हप्तापछि एउटा लौरो लिएर हिँड्न सक्नुहुन्छ। प्रत्यारोपण गरेको चार हप्तामा आफैं हिँड्न सक्नुहुन्छ।

प्रत्यारोपण गर्न सबैको पहुँचमा छ त ?
नेपालमा यो लेबलको अप्रेसन थिएटरका लागि डाक्टर र अरू टिमहरूले जुन सेवा सुविधा दिएको छ त्यो एकदमै रिजनेवल छ।

प्रत्यारोपण गरेकाहरूले के के कुरामा ध्यान दिनुपर्छ ?
शरीरमा मेट्रो भएपछि इन्फेक्सनको डर हुन्छ। त्यसमा डाक्टरलाई मलाई यो भयो यान्टिबायोटिक लिन्छु भनेर भन्नुपर्छ।
आफ्नो फिजियोथेरापी जुन मांशपेशीलाई बलियो बनाउने काम गर्ने चीजहरू नियमित गर्नु पर्दछ। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ५९ बजे

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण

सत्ता गठबन्धन बैठक : बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड सिध्याउने

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म

आगामी निर्वाचनमा ६ हजार मतदाता थपिए 

सप्तरी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ

सवारी दुर्घटना बढ्दै

दोधारा चाँदनी–  बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा