१९ वर्षदेखि काठको टहरामै टर्मिनल टावर « Khabarhub

१९ वर्षदेखि काठको टहरामै टर्मिनल टावर


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको छायाँनाथ रारा नगरपपालिका–४ ताल्चामा  रहेको रारा विमानस्थल विगत १९ वर्षदेखि टर्मिनल टावर काठको टहरामै रहेको छ । २०६० सालमा कच्ची धावन मार्गमार्फत काठको टहराबाटै जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन ।

३ वैशाख २०६० मो पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान भयो, त्यसयता नियमित रुपमा हवाई जहाज उड्न थाल्यो ।  विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दासमेत काठको भवन हल्लिने गर्छ । जोखिम मोलेर कर्मचारीहरू टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमे बस्नुपर्ने र सुरक्षा चुनौतीमा समस्या उत्पन्न भइरहेको स्थानीय रत्नसिंह मल्लले बताए ।

सुविधायुक्त टर्मिनल टावर निर्माण जारी छ । तर, ठेकेदारको ढिला सुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । २०७२ सालमा ५७० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या छ ।

टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुस्किलले ५० प्रतिशत काम मात्र पूरा रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख सन्तोष कुमार गौतमले बताए ।

उनका अनुसार भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम रोकियो । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । तर, यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर दुई वटा घेराबार हुनुपर्ने भए पनि एउटा सामान्य तारलेसम्म बारिएको छैन ।

विमानस्थलको चारैतिर मानिस, पशु, गाई, गोरु, कुकुर, स्याल हिँड्ने बाटो मात्र रहेको छ । तत्काल घेरबार गर्न सम्बन्धित निकायको ध्यान नपुगे कुनै दिन दुर्घटना निम्तिन सक्ने भन्दै चिन्ता जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : ५१ बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा