नमूना गाउँ बनाउन सरसफाई अभियान  | Khabarhub Khabarhub

नमूना गाउँ बनाउन सरसफाई अभियान 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएको छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रूपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे ।

अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरी सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको सबैभन्दा पहिलो लक्ष्य सरसफाई र स्वच्छ सहर, नगर बनाउने अभियfन रहेको बताए । सहर सफा भए सबै हिसाबले स्वस्थ्य र धनी हुने बताउँदै सानो बजेट भए पनि चन्दननाथले सरसफाईमा जोड दिने प्रतिबद्धता गरे ।

चन्दननाथ नगरपालिकाले साझेदार संस्थाहरू पेस नेपाल, एसएनभी नेपाल र मित्र समाजको सहयोग तथा साझेदारीमा नमूनाको रूपमा टोलटोलमा सरसफाई शिक्षा र घर भेटघाट गरेर एक साता सरसफाई अभियान सम्पन्न गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : १२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास