पर्यटन स्थलको प्रचारप्रसारमा कमी : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

पर्यटन स्थलको प्रचारप्रसारमा कमी : अध्यक्ष नेपाल


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पर्यटक स्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन्। एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए।

“हामीले हिमाल, ताल तलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” उनले भने, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।” उनले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे।

उनले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने बताए। “अहिलेसम्म नेपालमा भएका राजतन्त्र कालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् । किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्”, उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र  अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताए। उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए । उनले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताए।

“सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ”, उनले भने,“सरकारको समन्वयमा वायुसेवा निगमले ध्वजाबहाक जहाज सञ्चालन गर्नुपर्दछ ।” अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए । उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए।

उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अव चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए । “अव एक वर्षको भ्रमणले पुग्दैन”, उनले भने, “नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि एक दशकको भ्रमण वर्ष चाहिन्छ ।”

कार्यक्रममा डा बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाहा गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा रामकुमार फुयाँल र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : १८ बजे

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही